प्रतिस्थापनको नियम #Law of Substitution

 प्रतिस्थापनको नियम (Law of Substitution)

 यो नियम उपभोक्ताको उपभोग व्यवहारसम्बन्धी नियम हो जुन सीमान्त उपयोगिता ह्रास नियममा आधारित

प्रतिस्थापनको नियमको प्रतिपादन पनि H.H. Gossen ले नै गरेकाले यसलाई गोसेनको दोस्रो नियम (2nd law of Gossen) पनि भनिन्छ

यस नियमलाई व्यवस्थित गर्ने कार्यमा विभिन्न अर्थशास्त्रीहरूको योगदान रहेको तापनि यसलाई व्यवस्थित गरी वैज्ञानिक स्वरूप प्रदान गर्ने कार्य Prof. Marshall ले गरेका हुन्

यसले मानिससँग भएको सीमित साधनलाई असिमित आवश्यकताहरूमध्ये केही निश्चित आवश्यकताहरूमा प्रयोग गरी कसरी अधिकतम सन्तुष्टि वा उपयोगिता (Maximum satisfaction or utility) प्राप्त गर्न सकिन्छ भन्नेबारेमा विश्लेषण गर्दछ यस नियमका निम्न मान्यताहरू छन् :

. उपभोक्ता विवेकशील हुन्छ जसले विभिन्न वस्तुको सीमान्त उपयोगिताको अनुमान गर्न सक्छ

. उपभोक्ताको आम्दानी स्थिर हुन्छ

. उपभोक्ताको रुचि, इच्छा फेशनमा परिवर्तन हुँदैन

. मुद्राको सीमान्त उपयोगिता स्थिर रहन्छ किनकि वस्तुको उपयोगितालाई मुद्राद्वारा मापन गरिन्छ

. वस्तुहरू विभाजनयोग्य हुन्छन्

यस नियम अनुसार मानिसको सीमित साधनबाट असीमित आवश्यकताहरू पूरा गर्न सम्भव हुँदैन तर सीमित साधनको प्रयोग गरी एक वा केही आवश्यकताहरूलाई परिपूर्ति गर्न सकिन्छ प्राप्त साधनलाई एउटा वस्तुको प्राप्तिमा मात्रै खर्च गरिन्छ भने त्यसका पछिल्ला एकाइहरूको सीमान्त उपयोगिता घट्दै गएर कुल उपयोगिता कम हुन जान्छ अतः एउटा विवेकशील उपभोक्ताले आफ्नो सम्पूर्ण साधनलाई एकभन्दा बढी वस्तुमा खर्च गरी कुल उपयोगिता अधिकतम गर्न चाहन्छ यसरी विभिन्न वस्तुहरूमा साधनको बाँडफाँड गरी कुल उपयोगिता अधिकतम गर्न प्रत्येक वस्तुको सीमान्त उपयोगिता बराबर हुने गरी साधनको प्रयोग गरिने हुँदा यसलाई सम- सीमान्त उपयोगिताको नियम (Law of equi-marginal utility) भनिन्छ सीमान्त उपयोगिता बराबर गर्ने क्रममा उपभोक्ताले कम सीमान्त उपयोगिता भएका वस्तुका केही एकाइहरू परित्याग गरी त्यसको सट्टा बढी सीमान्त उपयोगिता भएका वस्तुका एकाइहरू प्रतिस्थापन गर्दछ त्यसैले यसलाई प्रतिस्थापनको नियम (Law of substitution) पनि भनिन्छ प्रतिस्थापनको प्रक्रिया सम्पूर्ण उपभोग्य वस्तुहरूको सीमान्त उपयोगिता बराबर नभएसम्म जारी रहन्छ सम्पूर्ण वस्तुहरूको सीमान्त उपयोगिता बराबर हुने गरी साधनको प्रयोग गर्दा उपभोक्ताको कुल सन्तुष्टि वा उपयोगिता अधिकतम हुन्छ अधिकतम सन्तुष्टिको यस अवस्थालाई उपभोक्ताको सन्तुलन (Equilibrium of the consumer) भनिन्छ

Prof. Marshall का अनुसार, "If a person has a thing which can be put to several uses, he will distribute it among these uses in such a way that it has the same marginal utility, for if it had a greater marginal utility in one use than in another, he would gain by taking away some of it from the second and applying it to the first." (यदि कुनै मानिससँग उसले विभिन्न प्रयोगमा लगाउन सक्ने कुनै वस्तु भने उसले त्यस वस्तुलाई ती प्रयोगहरूमा समान सीमान्त उपयोगिता हुने गरी प्रयोग गर्नेछ, किनकि दोस्रो प्रयोगमा भन्दा पहिलो प्रयोगमा बढी सीमान्त उपयोगिता प्राप्त हुने भयो भने त्यस साधनको केही भागलाई दोस्रो प्रयोगबाट निकालेर पहिलोबाट लगाउँदा उसलाई फाइदा हुन्छ )


यसरी मार्शलले विभिन्न प्रयोगमा आउन सक्ने वस्तुको उल्लेख गरी त्यसको प्रयोगबाट सीमान्त उपयोगिता बराबर भएको अवस्थामा अधिकतम सन्तुष्टि प्राप्त हुने मानेका छन् एकभन्दा बढी प्रयोगमा लगाउन सकिने वस्तुको रूपमा विजुलीलाई लिन सकिन्छ यसको प्रयोग बत्ती बाल्न, हिटर बाल्न, पङ्खा चलाउन, मिल सञ्चालन गर्न आदिमा गर्न सकिन्छ तर पनि बहुप्रयोगमा ल्याउन सकिने वस्तुमध्ये मुद्रा सबैभन्दा धेरै क्षेत्रमा प्रयोग हुने वस्तु हो



Comments

Popular posts from this blog

भ्रमण प्रतिवेदन नमुना (Report in Nepali)

सीमान्त उपयोगिता ह्रास नियम