सीमान्त उपयोगिता ह्रास नियम
* सिमान्त उपयोगिता ह्रास नियम उपभोक्ताको उपभोगसम्बन्धी व्यवहारमा आधारित छ ।
* यस नियमको व्याख्या सर्वप्रथम हर्मन हिनरिक गोसेनले गरेकाले यसलाइ गोसेनको पहिलो नियम पनि भनिन्छ ।
* यस नियमअनुसार उपभोक्ताले कुनै वस्तुका थप एकाइहरु लगातार रुपमा उपभोग गर्दै जाँदा प्रत्येक पछिल्लो एकाइबाट प्राप्तहुने उपयोगिता क्रमशः घट्दै जान्छ । यसको कारण पहिले उपभोग गरेका एकाइहरुले आवश्यकताको तीव्रता कम गर्दै जान्छन्। फलस्वरुप पछिल्ला एकाइहरुले उपभोक्तालाई प्रदान गर्ने सन्तुष्टि कम हुदै जान्छ ।
* मार्शलका अनुसार ,” अन्य कुराहरु यथावत् रहेमा , कुनै व्यक्तिले आफुसँग भएको वस्तुको मात्रामा बृद्धि गर्दै जाँदा बृद्धिको मात्रा सँगै प्राप्त हुने अतिरिक्त लाभ ह्रास हुदै जान्छ ।”
Comments
Post a Comment