भ्रमण प्रतिवेदन नमुना (Report in Nepali)

 

नमुना विद्यालय अवलोकन भ्रम 2080

मिति – 2080।03।10 देखि 2080।0३/१५ सम्म




























 

प्रतिवेदन

श्री पुनर्वास जनता मा. वि. पुनर्वास न. पा. - ६,

ञ्‍चनपुर



मुना विद्यालय अवलोकन शैक्षिण भ्रमण - २०८०

नमुना विकास कार्यक्रम अन्तर्गत नमुना विद्यालयको अवलोकन गर्ने गरी हामी श्री पुनर्वास जनता मा.वि. पुनर्वास-६ कञ्‍चनपुरका वि.व्य.स., शि.अ. संघ र शिक्षक/कर्मचारी सहितको टिम मिति २०८0।03।10 देखि २०८0।03।1५ गतेसम्म जम्मा ६ दिनका लागि शैक्षिक भ्रमण‌मा निस्केका थियौं । नमुना उत्कृष्ठ विद्यालयको अवलोकन गर्ने र सिकाइका सकारात्मक पक्षहरूका बारेमा जान्ने लक्ष्य लिएर हाम्रो भ्रमण दल कास्की जिल्लाको पोखराका लागि निर्धारण गरिएको थियो

असार १० गतेका दिन बिहानैदेखि मुसलधारे पानी परेकोले हामी बिहान ढिलो गरी 9:00 बजेतिर मात्रै विद्यालयको गेटमा फोटो खिच्दै ना.५ ख ५३०८ नम्बरको बस‌मा चढेर अगाडी बढेका थियौँ । अवलोकन भ्रमणमा विविध कारणले गर्दा आशा गरे अनुरूपको उपस्थिति नभएतापनि उपस्थित भएका सहभागीहरू निम्न रहेका थिए :

(१) श्री जगत बहादुर सायर              वि.व्य.स अध्यक्ष

(२) श्री हरि अधिकारी                    सदस्य

३) श्री दल बहादुर बोहोरा                "

(४) श्री चन्द्रा रोकाया                   "

(५) श्री चन्दा साउँद                    "

(६) श्री ठाकुर प्रसाद अमगाई             वडा प्रतिनिधि

(७) श्री मोहन सिंजापती                 शि.अ.संघ सदस्य

(८) श्री मान बहादुर तामाङ              प्रधानाध्यापक

(९) श्री माधव प्रसाद पोखेल             स.प्र.अ.

(10)श्री नारायण‌सिंह ऐरी                शिक्षक

(11) श्रीनगेन्द्र बहादुर जेठारा             "

 (12) श्री भीम कुमार श्रेष्ठ               "

(13) श्री अञ्जना तामा                  "

(14)श्री राज कुमार चौधरी        शिक्षक

(१५) श्री राजेश प्रसाद जोशी       "

(१६) श्री वीरभद्र न्यौपाने          "

(१७) श्री डिलमाया वि.क.         "

(१८) श्री विष्णु प्रसाद अर्याल       "

(१९) श्री राधिका कोइराला        "

(२०) श्री नारायण प्रसाद बगाले     "

(२१) श्री कर्ण बहादुर रोकाया       "

(२२) श्री नरेश रोकाया            लेखा सहायक

(२३) श्री रामजाने कुमार राना       का.स.

(२४) श्री  दीर्घा थापा              सफाई कर्मचारी

यसरी माथि उल्लिखित सहभागीहरूबाहेक बस स्टाफ जना गरी जम्मा २६ जना सवार हामी चढेको बस दिउँसो १२ बजे चिसापानी शिद्धबाबा किचन होटेलमा गएर रोकिएको थियो । उक्त होटेलमा खाना खाइसकेपछि हामी कर्णाली पुलमा फोटो खिच्दै अगाडी बढेका थियौं । बस बेलुकाको समयमा नास्ताको लागी होटेल मेची-महाकाली बाँकेमा गएर रोकिएको थियो । बाटोमा रमाउँदै बुटवलबाट पृथ्वी राजमार्ग हुँदै बेलुका पाल्पा जिल्लाको तानसेन लामिडाँडा स्थित वनबाटिका होटेलमा खाना खाई लगभग १२;०० बजेतिर सुत्यौँ ।

असार ११ गते बिहान उक्त होटेलमा नास्तार्दै विहान ८:३० बजेतिर हाम्रो दोस्रो दिनको यात्रा आरम्भ भएको थियो । बाटोमा रमाउँदै घुम्दै हाम्रो भ्रमण दल दिउँसो 1:00 बजे पोखरा पुगेको थियो । माधव सरको योजना अनुसार हामीले ड्‌यामसाइट पोखरामा रहेको होटेल याक टेल होटेलमा कोठा लिई वाइन एण्ड डाइन रेष्टोरेन्टमा खाना खाएका थियौं। दिउँसो 2:00 बजेतिर हेडसर र माधव सरको नेतृत्वमा हामी पोखरा महानगरपालिका १७ मा रहेको श्री छोरेपाटन मा.वि.मा पहिलो पटक विद्यालय अवलोकन गर्ने भनि निस्केका थियौँ ।

वि.सं. २०२१ सालमा स्थापना भएको छोरेपाटन मा.वि. भित्र गइसकेपछि उक्त विद्यालयका स.प्र.अ. द्वय मेघनाथ पौडेल र खेमराज बराल सरले राम्रो स्वागत गर्दै हाम्रा विचमा अन्तरक्रिया गर्नुभएको थियो । आफ्नै प्रयासमा विकसित त्यस विद्यालयमा जम्मा २३०0 विद्यार्थी र ११२ जना शिक्षक/ कर्मचारी रहेको, वि.व्य.स.मा जना विद्यार्थीलाई सदस्य (आमन्त्रित) बनाइएको, विभिन्न समिति र उपसमिति गठन गरिएको, अभिभावकको पूर्ण सहयोग भएको, व्यवस्थित पुस्तकालय र प्रयोगशाला भएको, हलको व्यवस्था भएको, +2र्फ चारवटै समूह भएको, शुक्रबारसमेत ४:०० बजेसम्म पढाइ हुने गरेको, प्रशासनको जिम्मेवारी लिने व्यक्तिले पूर्ण समय दिने गरेको, निजी शिक्षकलाई सबै सुविधा दिइएको, कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने गरिएको, अभिभावक परामर्श र वर्षमा १ पटक भ्रमण गर्ने व्यवस्था गरिएको, अभिभावक सहयोग शुल्क लिने गरिएको, विद्यालयमा आजीवन सदस्यको व्यवस्था गरिएको, आर्थिक श्रोतमा पात‌ले छाँगोबाट सहयोग पुगेको, मासिक बैठक र शिक्षक पुरस्कारको व्यवस्था गरिएको अङ्‌ग्रेजी माध्यममा मात्र पठन पाठन हुने गरेको, सिक्रेट मोनिटर र छुट्टी कम गर्ने व्यवस्था गरिएको, मोबाइललाई पूर्णरूपमा बन्देज गरिएको पाइयो । यिनै कारणहरूले विद्यालयले राष्ट्रिय पुरस्कार प्राप्त गर्ने गरेको भन्दै हाम्रो अन्तरक्रिया समापन भएको थियो । अन्तमा फोटो खिचेर विद्यालयबाट हामी बाहिर गएका थियो । बेलुकाको समयमा पात‌ले छाँगा (डेभि फल्स), गुप्तेश्वर महादेव, फेवातालको समेत अवलोकन गरेर होटेल फर्किएका थियौं ।

असार १२ गते बिहान विन्ध्यवासिनी दर्शन गरेर महेन्द्र गुफा, चमेरे गुफाको अवलोकन पछि हामी पोखरा महानगपालिका १६ मा रहेको विन्ध्यवासिनी मा.वि. पुगेका थियौं ।२०0४ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्मको पढाइ हुने गरेको पाइयो। प्राचार्य कृष्ण प्रसाद आचार्यज्यूले आफ्नै कार्यकक्षमा स्वागत गर्दा हामीलाई विद्यालय र असल सिकाइका लागि गरिएका प्रयासका बारेमा जानकारी दिनुभयो । तह अनुसार अलग-अलग भवन भएको, विद्यालयले BBS कार्यक्रम पनि सञ्चालन गरेको, अभिभावक सहयोग शुल्क, महेन्द्रगुफा र चमेरे गुफाबाट प्राप्त आम्दानी नै विद्यालयको मुख्य आर्थिक स्रोत भएको, विद्यालयमा १२५७ जना विद्यार्थी र ८३ जना शिक्षक / कर्मचारी भएको, कक्षाको आकार सानो भएको, विभिन्न पुरस्कार विद्यालयले पाएको, ERO सूचकका आधारमा, राष्ट्रिय पुरस्कार प्राप्त गरेको, निजी शिक्षक र कर्मचारीलाई सरकारी सरह सुविधा दिएको, शिक्षक सम्मानको व्यवस्था भएको, विभिन्न समिति र उपसमितिले जिम्मेवारी लिएको, विषयगत HOD को व्यवस्था भएको, शिक्षकको बसाई अलग अलग भएको, कम्प्युटर शिक्षकले अन्य शिक्षकलाई ICT सम्बन्धी तालिम दिने गरेको अभिभावकलाई जिम्मेवारी दिइएको, उपसमिति/सल्लाहकार समिति / विशेष समिति बाई समेत निर्णय लिने अधिकार दिइएको, वर्षमा ३०/३२ दिन मात्रै छुट्टि दिने गरिएको, ८०% भन्दा बढी अंक ल्याउने विद्यार्थीलाई Head Teacher award दिने गरिएको SEE र +2 मा A+  ल्याउने विद्यार्थीलाई ५०,०००।- नगद पुरस्कार दिने गरेको अनुशासनलाई महत्व दिने गरिएको, शिक्षकलाई सम्मान दिने गरिए‌को पाइयो । यिनै कारणहरुले गर्दा विद्यालय सफल भएको भन्दै आफ्नो पिरियडको घण्टी बजेकाले हामीलाई अर्को सरको जिम्मा लगाएर प्राचार्य सर आफ्नो काममा जानुभयो । विद्यालयको अवलोकन पश्चात फोटो खिच्दै हामी बाहिर निस्केर अर्को ब्लक समेत हेरी त्यहाँबाट फर्केका थियौँ ।

त्यसपछि हामी गण्डकी बोर्डिङ स्कूल (GBS) तिर लाग्यौं। GBS  पुगेपछि त्यहाँका भाइस प्रिन्सिल कृष्ण बहादुर थापाले हामीलाई स्वागत गदै विद्यालय UN Mission सँग सम्बन्धित, नियममा चल्ने, देशभरिका विद्यार्थीलाई अवसर दिइने, छात्रवृत्ति कार्यक्रम भएको, स्नातक तहका कक्षाहरू समेत सञ्चालन भएको, प्रविधि. मैत्री भएको, कक्षाको आकार सानो भएको, अग्रेजी माध्यममा मात्र पठन पाठन हुने भन्दै विद्यालयको बारेमा जानकारी दिनुभएको थियो । अन्तमा चिया, नास्ता र फोटो खिचेर हामी त्यहाँबाट फर्केका थियौं । दिउँसो २:३० बजेतिर खाना खाई हाम्रो भ्रमण दल श्री अमरसिंह मा.वि. तर्फ लागेको थियो ।

वि.सं. २०१३ सालमा स्थापित अमरसिंह मा.वि.मा हामीलाई त्यस विद्यालयका स.प्र.अ. शेर बहादुर थापाले स्वागत गर्दै विद्यालयका बारेमा जानकारी गराउनु भएको थियो । २०७ रोपनी जमिन भएको उक्त विद्यालयमा लगभग ३००0 विद्यार्थी र १३२ जना शिक्षक कर्मचारी रहेको, +2 तर्फ चारओटै समूहको पढाइ हुने गरेको, अङ्ग्रेजी माध्यम भएको, निजीलाई सरकारी सरहको सुविधा भएको, राष्ट्रिय पुरस्कार जित्‍ने गरेको, विद्यार्थी र अभिभावकलाई जिम्मेवारी दिइएको, आम्दानीको श्रोत घर भाडा/जमिन भाडा र अभिभावक सहयोग भएको पाइयो । अन्तमा भवनहरू‌को अवलोकन गरी त्यहाँबाट होटेलतर्फ फर्केका थियौं।

असार १३ गते बाग्‌लुङ जाने भनेर हिडेको हाम्रो टिम नौ डाँडाबाट बाटो अवरोध भएका कारण फर्केर फेरी पोखराकै श्री शितलादेवी सामुदायिक मा.वि.को अवलोकन गर्ने भनेर अगाडी बढ्‌यो । वि.सं. २०२१ सालमा स्थापना भएको शितलादेवी मा.वि.का प्र.अ. बाबुराम अधिकारीज्यूले हामीलाई स्वागत गर्दै हाम्रा बिचमा अन्तरक्रिया सुरू भएको थियो । मा.वि. तहमा १ र प्रा. वि. तहमा ७ वटा  दरबन्दी भएको उक्त विद्यालयमा १२२३ जना विद्यार्थी ७४ जना शिक्षक / कर्मचारी रहेको पाइयो । हालसम्म निरन्तर रूपमा प्रदेश र राष्ट्रिय पुरस्कार हात पार्न सफल त्यस विद्यालयमा शिक्षक अभिभावक र विद्यार्थी जिम्मेवार भएको, निजी शिक्षकलाई सरकारी सरह सुविधा दिइएको, समुदाय नै समर्पित भई लागेको, विभिन्न समिति र उपसमितिलाई जिम्मेवार बनाइएको, एक्काइस बर्षदेखि एउटै व्यक्ति वि.व्य.स. अध्यक्ष भएको Education Planning Committee  गठन गरिएको, अग्रेजी माध्यममा पठन-पाठन हुने गरेको पाइयो। अन्तमा शिक्षकले विद्यार्थीहरुलाई Feel  हुने गरी पठाउनुपर्दछ भन्दै प्र.अ.ज्युले अन्तरक्रियालाई समापन गर्नभएको थियो । त्यसपछि फोटो सेसन पश्चात हामी होटेलमै फर्किएका थियौं बेलुका वाइन एण्ड डाइन रेष्टोरेन्‍टमै खाना खाई सुतेका थियौं ।

असार १४ गते बिहान अलि ढिलो गरी उठ्‌यौं । लामो घुमाई भइसकेकोले बिहान विस्तारै नुवाई धुवाई गरियो । चिया पश्चात साथीहरू थोरै काम बनाउदै बजारतिर जानुभयो । हाम्रो योजना अनुसार दिउँसोको खाना खाई सकेपछि करिब 2;00 बजेतिर झोला तयार पारेर हामीले छोड्‌यौ पोखरालाई | पाल्पा, स्याङ्‌जा हुँदै राती 10:00 बजे बुटवल रुपन्देही होटेल गोइसिङ्‌गेमा वास बस्यौं । असार १५ गते बिहान ५:00 बजे गोरुसिङ्‍गेबाट हाम्रो यात्रा अगाडी बढ्‌यो । बिचमा चिया चमेना गरदै, रमाउँदै बसमा गीत गाउँदै दिउसो 1:00 बजेतिर हामी चिसापानी पुग्यौं । त्यहाँ खाना खाइसकेपछि विस्तारै हामी कञ्चनपुर तर्फ लाग्यौं। एकछिन घोडाघोडीको अवलोकन, धनगढी पुगेपछि भाटभटेनीको आनन्द लिइसकेपछि हामी बेलुका ६:00 बजेतिर विद्यालयको गेटमा पुग्यो र हाम्रो यात्रा पनि समाप्त भयो।

समग्रमा हाम्रो अवलोकन भ्रमण एकदमै सुखमय र अविस्मरणीय बन्यो । सबै साथीहरू सकुशल र पुग्यो। मुख्य गरी बस चालक पोखराकै रुटमा हिड्ने, त्यहाँको जानकारी भएको मानिस भएकोले पनि हाम्रो यात्रा चाँही असहज बनेन । हामीले जुन उद्देश्य लिएर विद्यालयको अवलोकन गरेका थियो त्यो अनुभव बटुल्न पायौँ, केही नयाँ कुरा देख्यौ, सिक्यौ र व्यवहारमा पनि लागु गर्ने छौँ । भ्रमणलाई अझ प्रभावकारी र फलदायी बनाउन सकेको भए न् राम्रो हुने थियो जसका लागि केही सुझावहरू निम्न रहेका छन् :

(क) भ्रमणमा जानु अधि सहभागीहरूलाई थोरै उक्त विषयमा अभिमुखीकरण / जानकारी गराइएको भए राम्रो हुने थियो ।

 ख) भ्रमणका लागि निश्चित कार्यतालिका निर्माण गरी सो अनुरूपगरेको भए राम्रो हुने थियो।

(ग) सहभागीहरूले यात्रामा क्रममा आइपर्ने समस्याहरूलाई सामान्य ढङ्गले सामना गर्नुपर्ने थियो ।

(घ) भ्रमण दलमा सहभागी हुने सदस्यहरूले अवलोकनका क्रममा बढी उत्सुक भइ दिए राम्रो हुने थियो।

 

मिति - २०8०/०३/१५

प्रतिवेदक          

 नगेन्द्र बहादुर जेठारा      

 शिक्षक श्री पुनर्वास जनता मा. वि

ञ्‍चनपुर         

 

 

Comments

Popular posts from this blog

सीमान्त उपयोगिता ह्रास नियम

प्रतिस्थापनको नियम #Law of Substitution