Posts

Showing posts from October, 2023

प्रतिस्थापनको नियम #Law of Substitution

  प्रतिस्थापनको नियम (Law of Substitution)   यो नियम उपभोक्ताको उपभोग व्यवहारसम्बन्धी नियम हो जुन सीमान्त उपयोगिता ह्रास नियममा आधारित छ । प्रतिस्थापनको नियमको प्रतिपादन पनि H.H. Gossen ले नै गरेकाले यसलाई गोसेनको दोस्रो नियम (2nd law of Gossen) पनि भनिन्छ । यस नियमलाई व्यवस्थित गर्ने कार्यमा विभिन्न अर्थशास्त्रीहरूको योगदान रहेको छ तापनि यसलाई व्यवस्थित गरी वैज्ञानिक स्वरूप प्रदान गर्ने कार्य Prof. Marshall ले गरेका हुन् । यसले मानिससँग भएको सीमित साधनलाई असिमित आवश्यकताहरूमध्ये केही निश्चित आवश्यकताहरूमा प्रयोग गरी कसरी अधिकतम सन्तुष्टि वा उपयोगिता (Maximum satisfaction or utility) प्राप्त गर्न सकिन्छ भन्नेबारेमा विश्लेषण गर्दछ । यस नियमका निम्न मान्यताहरू छन् : १ . उपभोक्ता विवेकशील हुन्छ जसले विभिन्न वस्तुको सीमान्त उपयोगिताको अनुमान गर्न सक्छ । २ . उपभोक्ताको आम्दानी स्थिर हुन्छ । ३ . उपभोक्ताको रुचि , इच्छा र फेशनमा परिवर्तन हुँदैन । ४ . मुद्राको सीमान...